पत्रकार महासंघ रुकुमपूर्वको पहिलो अधवेशन सम्पन्न

रुपन्देही - रुकुमपूर्वमा नेपाल पत्रकार महासंघको पहिलो शाखा अध्यक्षमा मैत्या घर्ती निर्वाचित भएका छन्। जिल्ला सदरमुकाम रुकुमकोटमा सम्पन्न प्रथम अधिवेशनले घर्तीलाई अध्यक्ष बनाएको हो। उनी प्रेस सेन्टरका लुम्बिनी प्रदेश कमिटी सदस्य हुन्।

१३ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरिएको पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष वसन्त गिरीले जानकारी दिए। प्रेस चौतारीका महेश केसी र प्रेस सेन्टरकी सिर्जना कार्की उपाध्यक्ष बने।

सचिवमा जितेन्द्र बुढाथोकी, सहसचिवमा मदन बिसी र विक्रम परियार, कोषाध्यक्षमा चेतकुमार बिसी चयन भएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×