आफ्नै आमाको हत्या गरेको अभियोगमा दिपक पक्राउ

तेह्रथुम - आफ्नै आमा ४६ वर्षीया तिलमाया नेपालीको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा लालिगुराँस नगरपालिका–८ सोल्मा तेजेन्द्र चोक बस्ने २३ वर्षीय दिपक नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

दिपकले खुकुरी प्रहार गर्दा तिलमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय बसन्तपुर र प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×