देशभरका बालबालिकालाई आजदेखि पोलियोविरुद्धको खोप

काठमाडौं । सरकारले आज (आइतबार) देखि देशभरका बालबालिकालाई पोलिडयोविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । दुई हप्ता चल्ने अभियानमार्फत पोलियोविरुद्धको खोप ‘आईपीभी’ दिइनेछ ।

यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए । पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागेको उनले बताए । पोलियोबाट बचाउन देशभरिका झण्डै १४ लाख ६२ हजार बालबालिकालाई ‘आईपीभी’ लगाइनेछ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×