‘हाई परफरमेन्स कमिटी’द्वारा खेलकूद प्रतिवेदन पेश

काठमाडौँ - १९औँ एशियन खेलमा नेपालको सहभागिता निर्धारण गर्न गठित ‘हाई परफरमेन्स कमिटी’ ले आज राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव कुलबहादुर थापालाई प्रतिवेदन बुझाएको छ।

समितिका ज्येष्ठ सदस्यलाई संयोजकको रूपमा काम गर्ने गरी खेलकुद विकास ऐन २०७७ को दफा ४२ बमोजिम मिति २०७८-०८-२४ को सदस्य सचिवस्तरीय निर्णयअनुसार सात सदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदलमा अर्जुनबहादुर विक, (निर्देशक, तालिम तथा प्रशिक्षण विभाग), सदस्य, महेन्द्र राई (निर्देशक, राष्ट्रिय टिम तयारी), सदस्य, सङ्गमसिंह थापा (निर्देशक, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान) सदस्य, निलेन्द्र राज श्रेष्ठ (महासचिव, नेपाल ओलम्पिक कमिटि), सदस्य, पार्थ सारथी सेन गुप्त (मिठु), सुमन डिसी खेल विज्ञ सदस्य र हिमाल राज दाहाल (उपनिर्देशक, तालिम तथा प्रशिक्षण विभाग) सचिव रहेका थिए।

उक्त कार्यदललाई नेपालको अन्तरराष्ट्रिय स्तरका प्रतियोगितामा देखिएको प्रदर्शन तथा परिणामलाई के कसरी प्रभावकारी रूपमा उपलब्धिमूलक तथा परिणाममुखी बनाउन सकिन्छ त्यसको गहन अध्ययन गरी परिषद्लाई उपयुक्त प्रतिवेदन पेश गर्ने जिम्मेवारी प्रदान गरिएको थियो। कार्यदलले नजिकै आउन लागेको १९औँ एशियन प्रतियोगितालाई मध्यनजर गर्दै प्रतिवेदन पेश गरेको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×