झापा - झापाको कचनकवल गाउँपालिका–५, पाठामारीका तीन जना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा झुन्डिएको अवस्थामा पंचम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पनाको शव आइतबार बिहान साढे ७ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय, झापाले जानकारी दिएको छ।
तीनैजना किशोरीहरु चिया बगानका श्रमिक रहेको जानकारी आएको छ। उनीहरु आफैंले काम गर्ने बगानमा झुन्डिएको अवस्थामा फेला परेका हुन्। पारिवारिक श्रोतका अनुसार तीनै जना शनिबार दिउँसो घुम्न भनी घरबाट हिँडेका थिए। प्रहरीले ‘सामूहिक आत्महत्या’ हुनसक्ने भन्दै अनुसन्धान भइरहेको जानकारी दिएका छन्।