काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सङ्गठित पार्टी सदस्यता बितरण र नवीकरणको अभिलेख पठाउन परिपत्र जारी गरेको छ । सोमबार जसपाले पार्टी विधानको अनुसूची ११ बमोजिम भरेको फाराम पार्टी केन्द्रीय कार्यालयमा तीन दिन भित्र पठाउन मातहत समितिलाई सर्कुलर गरेको हो ।
चैत्र १० गतेसम्म सदस्यताको अभिलेख पठाइसक्नु पर्ने भनिएकोमा केही प्रदेश समिति र जिल्ला समितिले ढिलाई गरेको भन्दै यथाशीघ्र अभिलेख पठाउन भनेको हो । अन्यथा आगामी महाधिवेशन प्रक्रियामा सामेल हुन बाधा पर्न जाने व्यहोरा समेत जानकारी गराएको छ ।
जसपाले महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजको मस्यौदा तयार गर्न समिति बनाएको छ । समितिले मस्यौदा तयारीको कार्य गरिरहेको छ ।