विमानस्थल सुरक्षा प्रमुख डीआईजी चन्दको सरुवा

काठमाडौं - गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको सरुवा गरेको छ ।

चन्दलाई विमानस्थलबाट प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा काज सरुवा गरेको हो । प्रदेश समन्वय विभागको प्रमुखमा हाल एआईजी सुदिप गिरी छन् । माघ २१ मा अन्तर्राष्ट्रिय विमानस्थलतर्फको डिपार्चरको वाक थ्रु (एक्स–रे) गेटमा अध्यागमनका अधिकृत छायाँलाल मोक्तान र जाँचमा खटिएका प्रहरी जवान रविरन्जन गुप्ता, प्रहरी सहायक निरीक्षक संजय तामाङसहित तीन प्रहरी कर्मचारीसँग हातपात भएको थियो ।

सो विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वमा समिति समेत बनाएको थियो । समितिले असई तामाङ निलम्बन र अध्यागमन अधिकृत मोक्तानलाई त्यहाँबाट हटाउन सिफारिस गरेको थियो । समितिको सिफारिसप्रति विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्द असन्तुष्ट थिए । उनले सोही कारण राजीनामा नै दिएका थिए । तर प्रहरी प्रधान कार्यालयले उनको राजीनामा भने रोकेको थियो । डीआईजी ठकुरी १० दिनको बिदामा छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×