पहिलो कारोबार दिन नैं घट्यो नेप्से

काठमाडौं - साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से घटेको छ । नेप्से आज पाँच दशमलव ३७ अंकले घटेर दुई हजार ६२ दशमलव ९४ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ६३ अंकले घटेर तीन सय ६४ दशमलव ४२ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय १७ वटा कम्पनीहरुको ६१ हजार पाँच सय १३ पटकको कारोबारमा ९५ लाख ६१ हजार सात सय २७ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम चार अर्ब ३७ करोड ४५ लाख ९७ हजार चार सय ५८ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा तीन वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये फाईनान्स समुहको सुचक एक सय २८ दशमलव ५३ अंकले बढेर २४ सय ६९ दशमलव ३० अंकमा चढेकोमा अन्य र व्यापार समुहको सुचक पनि क्रमश तीन दशमलव ९९ र १९ दशमलव १२ अंकले बढेका छन् । 

वाणिज्य बैंक समुहको सुचक भने चार दशमलव ४७ अंकले घटेर एक हजार ८९ दशमलव ७६ अंकमा झरेकोमा विकास बैंक समुहको सुचक पनि चार दशमलव शुन्य छ अंकले घटेर चार हजार १३ दशमलव ९२ अंकमा झरेको छ । जलबिद्युत समुहको सुचक पनि एक दशमलव ५७ अंकले घटेर २५ सय ७५ दशमलव १७ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ५४ दशमलव ३० अंकले घटेर नौं हजार नौें सय ४२ दशमलव ५९ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि १३ दशमलव ६८ अंकले घटेर १० हजार पाँच सय ६१ दशमलव १३ अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी,  उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिलायन्स फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पोखरा फाईनान्स परेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×