ब्राजिलले सर्बियाको चुनौती पार गर्ने अपेक्षा

काठमाडौँ - ब्राजिल सर्वाधिक पाँच पटक विश्वकप जितेको र अहिले फिफा वरीयतामा नम्बर एक स्थानमा रहेको टिम हो। त्यसैले पनि ब्राजिललाई धेरै प्रस्ट उपाधि विजेताका रूपमा लिँदैछ।

अन्तिम पटक विश्वकप खेल्दै गरेका लिजेन्ड नेमारको प्रेरणामा रहेको ब्राजिलियाली टिममा एक से एक प्रतिभाशाली खेलाडी रहेका छन्। ब्राजिलको टिममा विश्वस्तरीय ९ स्ट्राइकर नेमार, भिन्सियर जुनियर, रोड्रिगो, रिचर्लिसन, राफिन्हा, एन्टोनी, गाब्रियल जेसस, गाब्रियल मार्टिनेली र पेड्रो रहेका छन्। यद्यपि नेमार र जेसससँग मात्र विश्वकप खेलेको अनुभव छ।

उपाधि अभियानअन्तर्गत ब्राजिलले पहिलो खेलमा सर्बियाविरुद्ध खेल्दैछ। सर्वाधिक विश्वकपको ट्रफी उचाल्ने टिम भए पनि ब्राजिलले सन् २००२ पछि विश्वकप च्याम्पियनको गौरव हासिल गर्न सकेको छैन। ब्राजिलका प्रशिक्षक टिटेले विगतका कमजोरी स्वीकार्दै यसपटक पुराना गल्तीबाट पाठ सिकेर प्रतियोगितामा अगाडि बढ्ने जानकारी दिएका छन्।

अहिलेसम्म सबै विश्वकप खेल्ने १ ब्राजिल पछिल्ला १५ खेलमा अपराजित छ। त्यसैले पनि समूह जीमा सर्बियाविरुद्ध खेल्दा ब्राजिललाई कठिन नहुने अनुमान गरिएको छ। एक स्वतन्त्र राष्ट्र बनेपछि सर्बियाले ३ पटक विश्वकप खेलेको छ।

सबै पटक सर्बियाको चुनौती समूह चरणमै सकिएको थियो। यद्यपि यसपटक सर्बिया छनोटमा अपराजित बन्दै कतार पुगेको हो। त्यसैले सर्बियाले पहिलो खेलमा ब्राजिलको परीक्षा लिने अपेक्षा गर्न सकिन्छ। यसअघि यी २ टिमबीच भएको २ भिडन्तमा ब्राजिल दुवैमा विजयी बनेको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×