प्रधानमन्त्रीको आग्रहपछि संसद खुलाउन कांग्रेस लचक

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध खुलाउने विषयमा संसदीय दलको बैठकबाट निर्णय लिने निष्कर्षमा पुग्ने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आज –मंगलबार) भएको छलफल पछि कांग्रेस सदन खुलाउन केहि सकारात्मक देखिएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी कांग्रेसका नेताहरूलाई सहकारी ठगी प्रकरणमा देखिएका समस्या समाधान गर्न आफू जुटिरहेकाले राष्ट्रपतिको सम्बोधनमा अवरोध नपुर्‍याउन आग्रह गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार विहान कांग्रेस महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखकसँग प्रधानमन्त्री प्रचण्डले त्यस्तो आग्रह गरेका हुन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×