एमसिसी फिर्ता लैजान अमेरिकालाई वामदेवमार्फत आग्रह

काठमाडौँ - पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले अमेरिकी सहयोग परियोजना एमसिसी फिर्ता लैजान अमेरिकालाई विज्ञप्तिमार्फत आग्रह गरेका छन्।

एमसिसी सम्झौताका कारण अमेरिका र नेपालबीचको सम्झौता तलमाथि पर्न सक्ने भन्दै उनले एमसिसी फिर्ता लैजान आग्रह गरेका हुन्। उनले भनेका छन्, ‘यो सम्झौताले ७४ वर्ष पहिलेदेखि अविछिन्न मित्रता रहेको संयुक्त राज्य अमेरिकासँग नेपालको सम्बन्धमा केही तल–माथि पर्यो भने यसको सम्पूर्ण दोष आफूलाई चुकेल्याङ ठान्ने खलनायकहरुले नै बोक्नुपर्नेछ।’ 

अमेरिकालाई आग्रह गर्दै उनले भनेका छन्,‘म फेरि पनि अमेरिकी सरकारलाई विनम्रतापूर्वक यो परियोजना फिर्ता लैजान अनुरोध गर्दछु।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×