सन्दिप लामिछानेलाई पक्राउ अनुमति माग्न प्रहरी अदालत जाँदै

काठमाडौँ - १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा मंगलबार राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरूद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएकाले उनलाई पक्राउ गर्ने अनुमति माग्न प्रहरी अदालत जाने भएको छ।

कुनै पनि घटनामा आरोप लागेका वा सम्बन्धित मानिसलाई पक्राउ पुर्जी जारी गर्न प्रहरीले अदालतसँग अनुमति माग्नुपर्ने कानुनी प्रावधान रहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध जबरजस्ती करणी गरेको आरोपमा किटानी जाहेरी परेको जनाएको छ।

प्रहरीका अनुसार कप्तान सन्दिप लामिछानेले भदौ ५ गते काठमाडौं र भक्तपुरको विभिन्न स्थानहरुमा लगी काठमाडौं ल्याई राति २३ः५५ बजे तिलगंगास्थित एक होटलको कोठा नं. ३०५ मा मिति भदौ ६ गते राति पटक पटक जबर्जस्ती करणी गरेको लगायत उल्लेख गरी मंगलबार प्रहरी बृत्त, गौशालामा जाहेरी परेको छ।

अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×