काठमाडौँ - नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे संसद भवनस्थित तोल्सेहलमा बस्नेछ ।
बैठकमा प्रतिनिधि सभामा विचाराधीन विद्यालय शिक्षा विधेयकलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे छलफल हुने भएको छ ।
सङ्घीय संसद् (राष्ट्रिय सभा र प्रतिनिधि सभा) का सदस्य, विषय विज्ञ र सरोकारवाला निकायबीच छलफल तथा अन्तरक्रिया गर्ने कांग्रेसको तयारी छ ।