काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई तार्किक निष्कर्षमा पु¥याएर शान्ति प्रक्रिया टुंग्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
गोर्खा पत्रकार समाजका पदाधिकारीहरुसँग शनिबार भएको छलफलमा गृहमन्त्री श्रेष्ठले पीडितलाई न्याय हुनेगरी उक्त विधेयक पारित गरिने बताए । साथै, उनले लागुपदार्थ दुर्व्यसनको समस्या समाधान गर्न पालिकास्तरबाटै अभियान सञ्चालन गर्नु आवश्यक भएको बताए ।
सञ्चारक्षेत्रले युवावर्गमा बढ्दो लागुपदार्थ सेवनप्रतिको कुलत अन्त्य गर्न पालिकास्तरबाटै चेतना अभिवृद्धिका गतिविधिमा सघाउनुपर्ने बताए । उनले बेरोजगारीका कारण युवावर्ग कुलतमा फसेका भन्दै उनीहरुलाई रचनात्मक काममा लाग्न सञ्चारकर्मीले अभिप्रेरित गर्नुपर्नेमा जोड दिए ।