भारत। बलिउड अभिनेत्री केटरिना केफ र अभिनेता विक्की कौशलको जोडी वैवाहिक बन्धनमा बाँधिन लागेका छन्। राजस्थानको सवाई माधोपुरमा तीन दिनसम्म वैवाहिक कार्यक्रम चल्नेछ। विवाह हिन्दू परम्परा अनुसार हुनेछ। भारतीय सञ्चार माध्यमका अनुसार ७ डिसेम्बरमा संगीत, ८ डिसेम्बरमा मेहन्दी हुनेछ भने ९ डिसेम्बरमा जोडीले विवाह गर्नेछ। खबरका अनुसार विवाहमा आमन्त्रित पाहुनाहरुका लागि करीब ४५ वटा होटल बुक गरिएको छ। रणथम्भोरमा साना-साना होटलहरू मात्र भएकाले धेरै होटेल बुक गर्नुपरको स्रोतले जनाएको छ। विवाहमा बलिउडका दिग्गज कलाकारहरुको बाक्लो उपस्थिती रहनेछ। यो सबै खबर बाहिर आउँदा विक्की र कटरीनाको जोडीले भने आधिकारिक रुपमा विवाहको कुनै जानकारी दिएको छैन। विवाह समारोहमा कसैले पनि मोबाइल लैजान पाउने छैन।