२३ घण्टापछि सञ्चालनमा आएको नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध

चितवन - नारायणगढ-मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका-२९ मौरीखोला पुलमा मंगलबार राति फेरि पहिरो खसेपछि बाटो पुनः अवरुद्ध भएको छ।

चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति साढे २ बजेतिर पहिरो खसेको थियो। पहिरोले भारतीय नम्बर प्लेटको एउटा मिनी ट्रकमा समेत सामान्य क्षति पुगेको छ।

मौरीपुलमा सोमबार राति ११ बजे पनि पहिरो खसेको थियो। २३ घण्टापछि मंगलबार राति पौने १० बजे पहिरो सफा गरेर गाडी खुलेका थिए। बाटोमा सोमबार रातिदेखि कै गाडीहरू अलपत्र छन्। 

प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार सडक पूर्णरुपमा अवरुद्ध छ। पहिरो निकै ठूलो भएको र लेदो आउनेक्रम नरोकिएकाले पहिरो पन्छाउन निकै समय लाग्ने देखिन्छ। अहिले सो सडकखण्डको दुवैतर्फ सवारीको लामो लाइन लागेको उनले बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×