विम्बल्डन आयोजकलाई महिला टेनिस संघको जरिवाना

काठमाडौँ - महिला टेनिस संघले रुसी र बेलारुसी खेलाडीलाई प्रतिबन्ध लगाएको भन्दै विम्बल्डन टेनिस प्रतियोगिता आयोजकलाई जरिवाना गरेको छ। ​

विम्बल्डन र अभ्यास प्रतियोगितामा खेलाडीलाई प्रतिस्पर्धा गर्न रोकेपछि अल इंग्ल्याण्ड लन टेनिस क्लबलाई २ लाख ७ हजार तथा इंग्ल्याण्ड लन टेनिस संघलाई ६ लाख २० हजार पाउण्ड जरिवाना गरिएको हो। 

उनीहरूलाई तुरुन्तै जरिवाना तिर्न पनि भनिएको छ। तर, दुवै संघले यसविरुद्ध अपिल गरिने बताएका छन्। अल इंग्ल्याण्ड लन टेनिस क्लबकी प्रमुखसेली बोल्टनले सोमबार पत्रकारसँग भनेकी छन्,‘गहिरो निराश छ।’

जरिवानाको बारेमा सोध्दा, उनले भनिन्, ‘मलाई लाग्छ यो कानूनी प्रक्रियाको विषय हो त्यसैले म यसमा केहि विशेष टिप्पणी गर्न सक्दिन।’ उनले थपिन्, ‘हामी हाम्रो निर्णयमा अडिग छौं, साथै यस्ता कदमबाट निराश पनि। म यो समयमा यसबारे थप केही भन्न सक्दिन, मलाई डर छ। तर हामी यसकाविरुद्ध अपिल गर्नेछौं।’ 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×