ट्याक्टर दुर्घटनामा घाइते चालक सागरको मृत्यु

रुकुमपश्चिम । रुकुम पश्चिममा ट्याक्टर दुर्घटनामा परेर गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ । मुसीकोट नगरपालिका–२ का १८ वर्षीय सागर परियारको बुधबार दिउँसो मृत्यु भएको हो ।

बुधबार बिहान मुसीकोट नगरपालिका–५ सेरीगाउँमा रा १ त ३७१७ नम्बरको ट्याक्टर दुर्घटनामा उनी घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार दुर्घटनामा घाइते परियारलाई थप उपचारको लागि नेपालगञ्ज लैजाँदै गर्दा चौरजहारी पुर्‍याइएको बेला मृत्यु भएको हो । उनको छातीमा गहिरो चोट लागेको थियो ।

सोही दुर्घटनामा परेर मुसीकोट नगरपालिका–५ का ४० वर्षीय हरिचन्द्र केसी घाइते हुनु भएको छ । उनलाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ । घाइते दुवै जनालाई जिल्ला अस्पताल सल्लेमा प्राथमिक उपचार गरेर रिफर गरिएको थियो । सेरीगाउँस्थित विद्युत कार्यालय नजिकै मध्यपहाडी राजमार्गबाट तीन मिटर तल ट्याक्टर खसेको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×