नेप्से २२ सय चार दशमलव ६१ अंकमा

काठमाडौ । यो साता नेप्से दुई हजार दुई सय चार दशमलव ६१ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ९१ दशमलव ६६ बिन्दुुमा चढेको छ।

नेप्सेमा यो साता तीन सय ३१ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार तीन लाख ६७ हजार तीन सय २८ पटकको कारोबारमा सात करोड १६ लाख ८५ हजार पाँच सय ३० कित्ता शेयर खरिद–बिक्री हुुदाँ कुल कारोबार रकम २९ अर्ब ९३ करोड ३५ लाख छ हजार तीन सय ८३ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा छ अर्ब रुपैंयाँले बढी हो।

गत साता धितोपत्र बजारमा तीन सय २३ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार तीन लाख एक हजार एक सय १६ पटकको कारोबारमा छ करोड ७२ लाख ९२ हजार चार सय १२ कित्ता शेयर खरिद–बिक्री हुुदाँ कुल कारोबार रकम २२ अर्ब ७५ करोड एक लाख ७१ हजार ६४ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । जसमध्य दोस्रो दिन ओरालो लागेको नेप्से बाँकी दिनहरुमा लगातार उकालो लागेको थियो।

दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो दिन आईतबार बजार परिसुचक २१ दशमलव २७ अंकले उकालो लागेर दुई हजार एक सय ४० दशमलव ९७ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५२ अंकले उकालो लागेर तीन सय ७८ दशमलव २२ बिन्दुमा चढेको थियो । दोस्रो दिन भने बजार परिसुचक चार दशमलव ६२ अंकले ओरालो लागेर दुई हजार एक सय ३६ दशमलव ५८ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७६ अंकले ओरालो लागेर तीन सय ७७ दशमलव ४५ बिन्दुमा झरेको थियो । तेस्रो कारोबार भने पनि बजार परिसुचक १५ दशमलव ७९ अंकले उकालो लागेर दुई हजार एक सय ५२ दशमलव १४ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५० अंकले उकालो लागेर तीन सय ८० दशमलव ९६ बिन्दुमा चढेको थियो । चौंथो कारोबार दिन पनि बजार परिसुचक २३ दशमलव २५ अंकले उकालो लागेर दुई हजार एक सय ७५ दशमलव ४० बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ८२ अंकले उकालोे लागेर तीन सय ८५ दशमलव ७५ बिन्दुमा चढेको थियो । पाँचौं कारोबार दिन पनि बजार परिसुचक २९ दशमलव २१ अंकले उकालो ओरालो दुई हजार दुई सय चार दशमलव ६१ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ९० अंकले उकालो लागेर तीन सय ९१ दशमलव ६६ बिन्दुमा चढेको थियो।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल फाईनान्स, सिईडीबी हाईड्रोपावर डेभलपमेन्ट लिमिटेड,, पिपुल्स पावर लिमिटेड आदि परेका छन् । सेयर कारोवार भएको संख्याको आधारमा पनि यो साता सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, सर्वोत्तम सिमेन्ट, नेपाल पुर्नबीमा कम्पनी अगाडि देखिएका छन् । यसैगरी बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेका छन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×