पेलेको विरासत कहिल्यै बिर्सिइने छैन - एम्बाप्पे

काठमाडौँ - ब्राजिलियन महान् फु्टबलर पेलेको निधनप्रति फ्रेन्च फरवार्ड किलियान एम्बाप्पेले दु:ख व्यक्त गरेका छन्। उनले पेलेको विरासतलाई कहिल्यै नबिर्सने भन्दै आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका छन्।

लामो समयदेखि क्यान्सरसँग जुधिरहेका पेलेको ८२ वर्षको उमेरमा गए राति ब्राजिलको साओ पाउलोमा निधन भएको थियो। पेलेलाई एकदमै धेरै सम्मान गर्नेमध्येका एक एम्बाप्पले उनका थुप्रै कीर्तिमान पनि तोडेका छन्। गत विश्वकपमा आफ्नो कीर्तिमान तोडेपछि पेलेले एम्बाप्पेलाई अस्पतालबाटै बधाईसमेत दिएका थिए।

उनको निधन पश्चात एम्बाप्पले ट्वीटमा लेखेका छन्- 'फुटबलमा राजाले हामीलाई छाडे, तर उनको विरासत कहिल्यै बिर्सिइने छैन।'

पेलको निधनपप्रति अर्जेन्टाइन कप्तान लियोनेल मेसी, पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोलगायत विश्वभरका फुटबलर तथा प्रतिष्ठित व्यक्तित्वहरूले पनि समवेदना प्रकट गरिरहेका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×