किन सर्यो निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानबारे निर्णय गर्न बोलाइएको बैठक ?

काठमाडौं - संसदीय सुनुवाई समितिको बैठक सरेको छ। प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानलाई आफै नाम फिर्ता लिने समय दिनका लागि साँझ ५ बजेका लागि समितिको बैठक सारिएको स्रोतले जनाएको छ।

उच्च रानीतिक नेतृत्वसहित सुनुवाइ समिति प्रधानलाई अनुमोदन नगर्ने निष्कर्षमा पुगेपछि उनको ‘सेफ ल्याण्डिङ’का लागि नियुक्ति प्रकृयाबाट आफै बाहिरिएको घोषणा गर्ने समय दिनका लागि अन्तिम समयमा समितिको बैठक सारिएको हो।

सुनुवाइ समितिका एक सदस्यका अनुसार सम्भवत प्रधानले आज साँझ पाँच बजेसम्म निर्वाचन आयोगको आयुक्तको नियुक्ति प्रक्रियाबाट बाहिरिको भन्दै समितिमा निवेदन दिनेछन्। त्यसपछि समितिले उनी आफैले बाहिरिएको घोषणा गरेपछि थप निर्णय गरिरहनु नपर्ने भन्ने निर्णय गर्नेछ।

यौन शोषणको मुद्दामा मिलापत्र गरेको देखिएपछि उनलाई अनुमोदन गर्न नहुने भन्दै विवाद चर्किएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×