जुम्लामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, दुई जना बेपत्ता

जुम्ला - अविरल वर्षापछिको पहिरोमा पुरिएर जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पाँच जनाको मृत्यु भएको छ। 

पहिरोमा दुई जना बेपत्ता भएको र  दुई जनाको जिवितै उद्धार गरिएको  प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी जानकारी दिए। 

बुधबारदेखि जारी अबिरल वर्षाका कारण जिल्लका प्रमुख राजमार्ग र ग्रामिण सडकहरू अवरुद्ध भएका छन्। जसका कारण यात्रुहरूको बिचल्ली भइरहेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×