स्विजरल्यान्डलाई क्यामरुनको चुनौती

काठमाडौँ - विश्वकप फुटबलअन्तर्गत सबै समूहका पहिलो चरणका खेलहरू बिहीबार सकिँदै छन्। समूह जी र एचका खेलहरु हुँदा पहिलो खेलमा स्विजरल्यान्डले अफ्रिकन देश क्यामरुनविरुद्ध प्रतिस्पर्धा गर्दैछ।

कतारस्थित अल जानुब स्टेडियममा युरोपियन र अफ्रिकी टोली एकअर्काविरुद्ध नौलो भएपनि दुवै विजयी सुरुवातको प्रतिक्षामा रहेका छन्। समूह ‘जी’ मा आफ्नो पहिलो खेलमा २ टोलीबीच दिउँसो ३:४५ बजेबाट प्रतिस्पर्धा हुनेछ।

दाबेदार नमानिएपनि युरोपमा बलियो राष्ट्रको छवि बनाएको स्विट्जरल्यान्डले विश्वकपमा हरेक संस्करणमा नकआउटमा स्थान बनाएको छ। तर उसले च्याम्पियन हुने मौका भने पाएको छैन। स्विजरल्यान्डले हालसम्म ३ पटक क्वाटरफाइनलसम्मको यात्रा तय गर्दा यो पटक थपअघि बढ्न चाहन्छ।

त्यसोत क्यामरुन कतारी मौसमलाई आफ्नो अनुकूल प्रयोग गर्दै युरोपियन राष्ट्रविरुद्ध जितको प्रयासमा हुनेछ। विश्वकपमा क्यामरुन अफ्रिकाबाट सर्वाधिक धेरै पटक छनोट हुने राष्ट्र भएकाले पनि स्वभाविक रुपमा कडा प्रतिस्पर्धा हुनेछ। क्यामरुनको यो कतार विश्वकप ८ औँ सहभागिता हो।

अहिलेसम्म एकअर्काविरुद्ध नभिडेका यी २ राष्ट्र आमुन्ने सामुन्ने हुँदा नयाँ इतिहास बनाउँदै नकआउटलाई पहिलो खेलबाटै बलियो बनाउने लक्ष्यमा हुने छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×