सुमन खरेल चिनियाँबाट सुनका बिस्कुट ‘रिसिभ’ गर्थे

काठमाडौँ - सुन तस्करी प्रकरणमा सीआईबीले सोमबार भारतबाट सुमन खरेललाई पक्राउ गरेर काठमाडौँ ल्याएको छ। खरेल बुटवलका स्थानीय हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा खरेल ‘रिसिभर’को भूमिकामा देखिएका छन्। हङकङ र दुबईबाट ब्रेक प्याड, दाह्रि काट्ने रेजर, पानी तान्ने मोटर र स्मार्ट वाचमा लुकाएर काठमाडौँमा  ल्याएपछि तस्करले ती सामानबाट सुनलाई छुटाउँथे। छुट्याएर आधा र एक किलोको बिस्कुट बनाएर बेच्ने गरेको अनुसन्धानबाट थाहा भएको छ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार बिस्कुट आकारका सुन खरेलले चिनियाँबाट रिसिभ गर्ने गरेका थिए। बिस्कुट आकारको सुन खरेलले काठमाडौँ उपत्यका, भारत र नेपाल–भारत सिमानामा बेच्ने गरेको अनुसन्धानबाट थाहा भएको छ। खरेलसँग ब्युरोका अनुसन्धान अधिकृतहरुले सोधपुछ गरिरहेका छन्।

६० किलो सुन तस्करीमा अहिलेसम्म ३ जना चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको छ। ‘एलेक्स’ भनेर चिनिने याओ पुचेङ्ग र ‘अलि’ भनेर चिनिने ली वेन सुङ्ग र  जिक्वान लिन अहिलेसम्मको अनुसन्धानबाट मुख्य भूमिकामा देखिएका हुन्।  

पक्राउ गरिएका ४ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ। सुन तस्करीमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’को हिरासतमा अहिले ७ जना चिनियाँ नागरिक छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×