अंकर 'अन्जान सहयात्री' [मुक्तक]

१.
ढिंडो-पानी खाएर यो हालमा बाँचेका छन्
यी गरिब निमुखा झेलझालमा बाँचेका छन्
ए अन्धो सरकार गरिब बस्तिमा आएर हेर
कोहि झुपडीमा कोहि त्रिपालमा बाँचेका छन्

२.
खोजे जस्तै भने जस्तै, काम मिल्दैन।
जब मिल्छ, भने जति, दाम मिल्दैन।
कही कतै दुबै कुरा, मिल्यो भने पनि, 
रातदिन काम गरिन्छ, आराम मिल्दैन।

३.
न तेल छ न ग्याँस छ पाल्ने कसरी हो
बचेको यही सास छ पाल्ने कसरी हो
महङ्गीले आकाशै छुँदा बा भन्नुहुन्छ
न अन्न छ न गास छ पाल्ने कसरी हो

( जानकी गाउँपालिका-८ जबलपुर,कैलालीका मुक्तककार अंकर 'अन्जान सहयात्री'का संयुक्त गजलसंग्रह 'पस्नक पन्हवा' (२०७२),  नेपाली भाषाको संयुक्त मुक्तकसंग्रह 'कोसेली' (२०७२),  संयुक्त मुक्तकसंग्रह 'हल्कोरा' (२०७३),  नेपाली भाषाको संयुक्त मुक्तक संग्रह 'संघर्ष' (२०७३), नेपाली भाषाको संयुक्त मुक्तक संग्रह 'हातेमालो स्फूरण' (२०७४),  नेपाली भाषाको संयुक्त मुक्तक संग्रह 'सुस्केरा' (२०७४),  संयुक्त मुक्तक संग्रह 'मनके बह' (२०७५)  एकल गजल संग्रह 'छिर्कल ओजरिया' (२०७५) प्रकाशित कृति रहेका छन् भने प्रकाशोन्मुख कृति संयुक्त मुक्तक संग्रह "बसेंरा" रहेको छ। अंकरका अन्य धेरै रचनाहरु बिभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन्। उनले धेरै साहित्यिक सम्मान तथा पुरस्कार पनि पाईसकेका छन्।)

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×