काठमाडौँ - नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कँदैछ। एएफसी एसियन कप छनोटका लागि कुवेत पुगेको नेपाली टिम आज फर्कन लागेको हो।
छनोट खेलेको टोलीका ३१ सदस्यीय आज प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई छाडेर फर्कन लागेको हो। नेपाली टोली अलिहे बिहान १० बजे काठमाडौं आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
कुवेतमा भएको छनोटमा जितविहीन रहँदै नेपाल अंकविहीन बनेको थियो। समूह ‘ए’मा रहेको नेपाल अंक तालिकाको पुछारमा रहन पुग्यो।
छनोटको पहिलो खेलमा जोर्डनसँग २-० गोल अन्तरले पराजित नेपाल दोस्रो खेलमा आयोजक कुवेतसँग ४-१ गोल अन्तरले पराजित भयो। अन्तिम खेलमा इन्डोनेसियासँग ७-० गोल अन्तरले पराजित भएको थियो।