मिर्गौलामा पत्थरी भएकाले के खाने के नखाने ?

हिजोआज व्यस्त जीवनशैली र खानपानका कारण मिर्गौलामा पत्थरी हुनेको सङ्ख्या बढ्दो छ। मिर्गौलामा हुने पत्थरीलाई मेडिकल भाषामा ‘रेनल क्याल्कुलाई’ भनिन्छ। माछा–मासुजस्ता खाद्यपदार्थ बढी खानाले पिसाबमा युरिक एसिडको मात्रा बढ्न गई पत्थरी हुने चिकित्सकहरूले बताउँछन्।
साथै, कफी, चिसो पदार्थ, चियाजस्ता पेय पदार्थ पिउनाले पिसाबमा क्याल्सियमको मात्रा बढ्न गई मिर्गौलामा पत्थरी हुने गर्दछ। पिसाबमा पानीको मात्रा कम हुँदा पनि पत्थरीको समस्या देखिन्छ। मिर्गौलामा क्याल्सियम, फोसफेट अक्जालेट र युरिक एसिड गरी चार थरी पत्थरीहरू हुने गर्दछन्।

यसका लक्षण

१. ढाड दुख्नु,

२. ज्वरो आउनु

३. पिसाबमा रगत देखा पर्नु वा पिसाब धमिलो हुनु,

४. पिसाब नलीमा इन्फेक्सन हुनु

५. किड्नी फुल्नु वा किड्नीको दायाँ वा बायाँ अथवा दुवै साइडमा दुख्नु।

कहिलेकाहीँ भने बिना लक्षण नै पत्थरी हुन्छ। यसलाई यसिम्टोम्याटिक भनिन्छ। मिर्गौलामा पत्थरी भएकाहरूले खानपिनमा एकदमै ध्यान पुर्‍याउनु पर्छ।

खान नहुने (बेफाइदा गर्ने)
१. पालुङ्गो साग
२. टमाटर
३. अमला
४. रातो मासु
५. काँक्रो
६. काउली
७. फर्सी
८. च्याउ
९. भन्टा

खान हुने (फाइदा गर्ने)
१. नरिवलको पानी
२. मकै
३. जौ
४. भूइँकटहरको जुस
५. केरा
६. बदाम
७. कागती
८. गाजर
९. चना
१०. करेला
११. गहतको दाल

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×