काठमाडौँ। नेपाली चलचित्र ‘चिसो एस्ट्रे’को अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री गरिएको छ। अस्ट्रेलियाको कमेरो इभेन्ट्सलाई निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले प्रदर्शन अधिकार बिक्री गरेको हो। खबरका अनुसार चलचित्रको प्रदर्शन अधिकार ३० हजार अस्ट्रेलियन डलरमा बिक्री भएको जनाईएको छ।
जसलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्दा करिब २७ लाख बराबर हुन्छ। निर्माता महेश र कमेरोका सुरज सुवेदीबीच चलचित्र प्रदर्शन गर्ने सम्बन्धमा सम्झौतासमेत सम्पन्न भइसकेको छ। दिन्स पाल्पालीको लेखन तथा निर्देशन रहेको चलचित्रमा दिव्य देव, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नवीन लम्साल, सुशील पाण्डे, रवीन तामाङ आदि कलाकारहरूको अभिनय रहेको छ।
कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता महेशबाबु तिमल्सिना, निर्माता महेश बाबु, प्रवीन स्याङ्बा र सुस्मिता पराजुली तथा सहनिर्माता रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा रहेका छन्।
चलचित्र चैत ४ गतेबाट प्रदर्शनमा आउनेछ।