कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा आज शोक बिदा

कपिलवस्तु - कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले आज शोक बिदा दिएको छ। बाणगङ्गा नगरपालिकाकी कार्यपालिका सदस्य दामु घर्तीको शनिबार निधन भएपछि आज शोकमा विदा गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले  कार्यालय, वडा कार्यालय, नगर भित्रका सरकारी तथा निजी विद्यालय, स्वास्थ्य कार्यालय,कृषि तथा पशु कार्यालय बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए।

उनले यस्तै एम्बुलेन्स, दमकल जस्ता अति आवश्यक सेवा भने  प्रवाह गर्ने बताए। नगरपालिको वडा नम्बर १० की वडा सदस्य दामु घर्तीको ४२ वर्षको उमेरमा क्यान्सरका कारण उपचारका क्रममा हिजो मृत्यु भएको छ। उनी एमालेबाट निर्वाचित हुन्। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×