अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बुधबार दुई दशमलव ४८ अंकले घटेर २१ सय आठ दशमलव ७२ अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव ४८ अंकले घटेर तीन सय ७४ दशमलव ६५ अंकमा पुगेको छ । तीन सय १० वटा कम्पनीहरुको ७३ हजार पाँच सय छ पटकको कारोबारमा एक करोड आठ लाख ८९ हजार छ सय ३४ कित्ता सेयर किनबेच भएकोमा आज कुल कारोबार रकम चार अर्ब २४ करोड ८५ लाख २३ हजार तीन सय ३२ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा सात वटा समुहले गुमाएका छन् भने छ वटाले कमाएका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव १४ अंकले घटेर ११ सय २९ दशमलव ३८ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २८ दशमलव ३१ अंकले घटेर २५ सय ६४ दशमलव ७९ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ६१ दशमलव ५१ अंकले घटेर ११ हजार १२ दशमलव ६१ अंकमा पुगेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक र ट्रेडिङ्ग समुहहरुको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक भने १४ दशमलव ६० अंकले बढेर चार हजार ७६ दशमलव २३ अंकमा पुगेकोमा फाईनान्स समुहको सुचक पनि ४३ दशमलव ९३ अंकले बढेर १९ सय ३१ अंकमा पुगेको छ । जीवन बीमा, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा वीन लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा अपर तामाकोशी हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने अपर तामाकोशी हाईड्रोपावर लिमिटेड परेको छ ।