काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रुपैयाँ २९ पैसा रहेको छ ।
राष्ट्र बैंकका अनुसार आज युरो एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६७ पैसा रहेको छ भने पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३२ पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा रहेको छ ।