रेडक्रस भक्तपुरमा पुनः थापा निर्वाचित

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको सभापतिमा पुनः मनोजकुमार थापा निर्वाचित भएका छन् । रेडक्रस भक्तपुरको १६ औँ जिल्ला अधिवेशनले पुनः थापालाई निर्विरोध निर्वाचित गरेको हो ।

त्यस्तै महिला उपसभापतिमा कृष्णेश्वरी हाडा, मन्त्रीमा परशुराम पाण्डे, उपमन्त्रीमा नारायणसुन्दर किलम्बू, महिला सदस्यमा लक्ष्मी अवाल, निर्मला खड्का र सुभद्रा काफ्ले निर्विरोध निर्वाचित भएका छन् ।

अधिवेशनमा उपसभापतिसहित केही पदाधिकारी र सदस्यमा निर्वाचन भएको थियो । निर्वाचनबाट उपसभापतिमा राकेश थापा, कोषाध्यक्षमा प्रदीप केसी र उपकोषाध्यक्षमा सूर्यबहादुर खाइतु निर्वाचित भए । त्यस्तै सदस्यमा लबकुमार कार्की, तुइलाल श्रेष्ठ, जनकप्रसाद न्यौपाने, सोमप्रसाद प्रधान, यज्ञ विक्रम थापा र किरण पौड्याल निर्वाचित भएका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×