प्रदेश नं १ मा ११ सङ्क्रमित थपिए
-
|
-
पुस ५, २०७८
विराटनगर। पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। यो दर लगातार तीन दिनदेखि एउटै देखिएको छ। दुई सय ८५ जनाको पीसीआर परीक्षण गर्दा आठ र ७४ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा पाँच र झापामा तीन जनामा सङ्क्रमण देखिएको हो। प्रदेशमा आजै छ महिलासहित १२ कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। प्रदेशमा अझै ८६ सक्रिय सङ्क्रमित छन्।