फिल्म ‘बाबरी’ अब युरोपमा पनि

काठमाडौँ - नयाँ नेपाली फिल्म ‘बाबरी’को विदेशमा समेत माग बढिरहेको निर्माण पक्षले जनाएको छ। यो फिल्मको हालसम्म हङकङ, अष्ट्रेलिया र दक्षिण कोरिया राइट्स महंगो मुल्यमा बिक्रि भैसकेको छ। यसैबीच फिल्मको युरोप राइट्स पनि बिक्रि भएको निर्माण टिमले जानकारी दिएको छ।

फिल्मकोको युरोप राइट्स गुरुङ केएनएस इन्टरटेनमेन्ट र डिजिटल राइट्स किनेको कम्पनि केन्द्र मोशन पिक्चर्सले खरिद गरेका छन्। यी दुई कम्पनिले फिल्मको राइट्स किनेकाले अब युरोपमा यो फिल्म रिलिज गर्न चाहनेले किरण गुरुङ र केन्द्र लिम्बुसँग सर्म्पक गर्न निर्माण टिमले जानकारी दिएको छ।

फिल्मको सार्वजनिक गीत, संगीत र ट्रेलरले दर्शकमाझ राम्रो हाइप निर्माण गरेकाले पनि विदेशमा राम्रो माग भैरहेको निर्देशक सुरेन्द्र पौडेलले बताएका छन्। बुधबारदेखि निर्माण टिम दर्शक साक्षात्कार गर्न मोफसलका विभिन्न शहरमा पुगेको छ, जहाँ फिल्मको निर्माण टिमलाई दर्शकको राम्रो साथ मिलिरहेको छ।

यो फिल्ममा अदिति बुढाथोकी, धिरज मगर, धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतका कलाकारहरुको अभिनय रहेको छ।

फिल्ममा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण रहेको छ। सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत रहेको छ। फिल्म निर्देशक पौडेल स्वयंमले सम्पादन गरेका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×