महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौँ - बंगलादेशमा आउँदो असोज १५ अर्थात अक्टोबर १ तारिखदेखि सुरु हुने महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।

टी-२० महिला एसिया कप क्रिकेटको पहिलो दिनको खेलमा आयोजक बंगलादे र थाइल्यान्ड तथा भारत र श्रीलंका खेल्ने छन्। प्रतियोगितामा आयोजक बंगलादेशसहित भारत, श्रीलंका, पाकिस्तान, यूएई, थाइल्यान्ड र मलेसिया सहभागी हुनेछन्।

अक्टोबर १५ तारिखसम्म चल्ने प्रतियोगितामा २४ खेल हुनेछन्। यो प्रतियोगिताको सबैभन्दा सफल टोली भारत हो। भारत ६ पटक च्याम्पियन बनिसकेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×