त्रिवि कार्यकारी उपकुलपतिमा पुन: नियुक्त भए शिवलाल भुसाल

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको कार्यकारी उपकुलपतिमा थप तीन महिनाको लागि प्रा.डा.शिवलाल भुसाललाई पुनः नियुक्त गरेको छ । भुसालको पहिलो तीन महिनाको कार्यकाल मंगलबार (आज) सकिन अघि उनलाई पुनः नियुक्त गरिएको हो ।

कात्तिक १६ गते तत्कालीन उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि सरकारले १७ माघमा तत्कालीन रेक्टर भुसाललाई तीन महिनाका लागि कार्यकारी उपकुलपति नियुक्त गरेको थियो ।

सरकारले भुसाललाई थप तीन महिनाको लागि पुनः नियुक्त गरिएको औपचारिक जानकारी आएको त्रिवि उपकुलपति कार्यलयले जनाएको छ । नयाँ उपकुलपति नियुक्त भइनसकेकोले उनलाई थप तीन महिनाको लागि पुनःनियुक्त गरिएको हो ।

सरकारले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको नेतृत्वमा उपकुलपति छनोट तथा सिफारिस समिति गठन गरेको छ ।
समितिले पुस २३ गते उपकुलपतिको लागि दरखास्त आह्वान गरेको थियो । जसअनुसार ४३ जनाले उपकुलपतिका लागि आवेदन दिएका छन् । उनीहरुको छनौट प्रकृया शुरु भएको मन्त्रालय स्रोतले जनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×