कलिङ्गा साहित्यिक महोत्सव आयोजना हुँदै

काठमाडौँ - नेपाल र भारतका चर्चित स्रष्टा तथा साहित्यकारहरू सहभागी हुने कलिङ्गा साहित्यिक महोत्सव आयोजना हुनेभएको छ। असोज २९ र ३० गते काठमाडौँमा आयोजना हुने सो साहित्यिक महोत्सवमा २ देशका ३ सयभन्दा बढी साहित्यकारको सहभागिता रहने आयोजकले जनाएको छ।

नेपाल र भारतका ४० जना साहित्यकारले महोत्सवमा विभिन्न  प्रस्तुति दिने जनाइएको छ। महोत्सवबारेमा जानकारी दिन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा साहित्यकार डा. तुलसी दिवस, दिनेशहरि कोइराला, माया ठकुरी लगायतले यसखाले साहित्यिक महोत्सवले नेपाल र भारत तथा २ देशका साहित्यकारबीचको सम्बन्धमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे।

महोत्सवले नेपाल र भारतको साहित्यिक ऐतिहासिक सम्बन्ध र २ देशवीचको सभ्यताको सम्बन्धलाई सुमधुर बनाउने तथा कला, संस्कृति र साहित्यको प्रवर्धन र विश्वव्यापीकरणमा सहयोग पुग्ने आयोजकले बताएको छ। ‘भारत र नेपाल सभ्यताको यात्रा र आत्माको खोजी’ नाराका साथ साहित्यिक महोत्सव आयोजना गर्न लागिएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×