आर्सनलमा केही ठोस हुँदै

काठमाडौँ - पछिल्लो इतिहासले त खासमा चेतावनी नै दिन्छ, आर्सनललाई केही जितमा बढी भावनात्मक नहुनु भनेर। तर अहिले भने केही लाग्न थालेको छ, आर्सन वेन्गरको समयपछि आर्सनलमा पहिलोपल्ट केही ठोस हुँदै छ।

आर्सनल इंग्लिस प्रिमियर लिगको उपाधिका लागि बलियो दाबेदार हो। अथवा यो पनि झूट हुन सक्छ, आर्सनल टिम खुबै गज्जबको छ भन्न। यस्तो किन भन्दा व्यवस्थापकमा मिखेल आर्टेटा आएयता अथवा यसअघि उनाइ इमरी हुँदा पनि आर्सनलमाथि बेलाबेलामा धेरै विश्वास गरियो।

तर दुवैले निर्णायक मोडमा माथ खा । तर शनिबार उत्तरी लन्डन डर्बीमा टोटेनहमलाई ३-१ ले हराएयता कम्तीमा एउटा प्रमाण भने साँच्चै तयार भएको छ, आर्सनलमा आफ्नो पुरानो छवि र परिचय फर्केको छ। एन्टोनियो कोन्टेको टिम टोटेनहम पनि अंक तालिकाको माथि माथि छ र उसले आर्सनललाई बलियो चुनौती पेस गर्ने सजिलै अनुमान गरिएको थियो।

त्यसो त पछिल्लो १२ वर्षमा इमिरेट्समा आर्सनलमाथि कुनै प्रिमियर लिगका खेल जितेको छैन। लिगका पछिल्ला २९ खेलमै पनि आर्सनलले टोटेनहमविरुद्ध घरमा एकै खेल मात्र गुमाएको छ। त्यस अर्थमा अहिलेको पछिल्लो जितमा कुनै घोर आश्चर्य मान्नुपर्ने केही पनि छैन। तर जसरी आर्सनलले जितेको छ, त्यसमा ध्यान दिन पनि आवश्यक छ नै। आर्सनलको यो जित वास्तवमै सटीक रह्यो, खेलमाथि आर्सनलको प्रभुत्व मज्जाले थियो र यसले दिएको सन्देश हो, आर्सनल अगाडि बढ्दै छ।

पोहोर सिजन आर्सनललाई उछिनेर टोटेनहम युरोपेली च्याम्पियन्स लिगका लागि छनोट भएपछि त्यसलाई ठूलै धक्का मानिएको थियो, त्यो पनि लिगको अन्तिम दिन। त्यति बेला टोटेनहममा व्यवस्थापक कोन्टेको पनि खुबै प्रसंसा गरिएको थियो, कसरी उनले टिमलाई अगाडि बढाए भनेर। उनले टोटेनहम सम्हालेको पनि केही महिना मात्र भएको थियो। आर्सनललाई पनि यस्तै सुखद परिवर्तनको आवश्यकता थियो, जसलाई आर्टेटाले बुझेका पनि थिए।

त्यसैले उनले २ राम्रा खेलाडी भित्र्याए, ग्याब्रिएल जेसस र ओलेक्जान्डर जिनचेन्कोलाई। म्यानचेस्टर सिटीमा पेप ग्वार्डिओलाको सहायक हुँदा आर्टेटाले यी दुवै खेलाडीसँग काम पनि गरिसकेका थिए। त्यति मात्र होइन, उनले लोनमा बाहिर गएका डिफेन्डर विलियम सलिबालाई पनि फेरि फिर्ता बोलाएका थिए। यसको प्रभाव आखिरमा देखियो नै। जेससले सुरुमै टिमलाई लय दिए, केही गोल गर्दै। जिनचेन्कोले पनि टिमलई चाहिने स्तर, सिर्जना र संयमितता फर्काएका थिए।

आर्सनललाई सबैभन्दा बढी चाहिएको भने कुनै न कुनै उपाधि जित्ने भोक र त्यसलाई सुहाउँदो मानसिक स्थिति हो। नत्र इतिहाद स्टेडियममा वर्ष दिन बिराएर उपाधि त भित्रिरहेकै थियो। ग्वार्डिओला आफैं पनि जेससका राम्रै प्रशंसक हुन्, तर सिटीमा इर्लिङ हल्यान्ड आएपछि यी ब्राजिली खेलाडीलाई बेच्नु नै ठीक माने। फेरि जेससलाई अबको विश्वकप खेल्न पनि आफूलाई प्रमाणित गर्नु थियो। उनले काम पनि यस्तै गरेका छन्।

फ्रान्सेली २१ वर्षीय डिफेन्डर सलिबाट सेस्ट इस्टेन, निस र मार्सेमा समय बिताए यता परिपक्व हुँदै आर्सनल फर्केका छन्। उनको प्रदर्शन पनि उम्दा रहेको छ। आर्टेटाले यिनै सम्मिश्रणको मद्दतले टिममा युवा र अनुभवीको बलियो तालमेल बसालेका छन्। टोटेनहमविरुद्धको १ खेल छाडेर अझै पनि आर्सनलमाथि उही प्रश्न बाँकी छ, जति बेला उसले ठूला प्रमुख प्रतिद्वन्द्वीको सामना गर्दा कसरी खेल्नेछ ? अनि जति बेला निर्णायक मोड आउँछ, त्यति बेला फेरि डगमगाउने त होइन ?

म्यानचेस्टर युनाइटेडविरुद्ध पराजित खेलमा पनि आर्सनल खासै खराब भने देखिएको थिएन। अहिले टोटेनहमविरुद्ध त आर्सनल पक्कै पनि प्रभावशाली देखिएकै हो। टोटेनहम आफैं यस सिजन खुबै राम्रो रहेको छैन, उसको सबैभन्दा ठूलो र बलियो पक्ष भन्नु नै तिनै कोन्टे हुन्। यही टिममाथि प्राप्त जितमा आर्सनलका समर्थकमाझ पक्कै पनि खुसी छाएको देखियो। इमिरेट्स स्टेडियममा जताततै प्रसन्नता छाएको छ, अहिले। विश्वास गरौं, आर्सनलमा यसपल्ट पक्कै केही ठोस हुँदैछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×