काठमाडौं । निदाएको बेला दिमागमा आउँने कुरा नै सपना हो। प्रायजसाे मानिसलाई सपना याद हुँदैन । बिहानीपख देखिएको सपना प्राय: मानिसलाई याद हुन्छ भने त्यो समयमा देखिएको सपनाले भविष्यमा राम्रो फल दिन्छ । कुनै सपनाले विपनामा धनप्राप्ति गराउँछ भने कुनै सपनाले धनकाे खति पनि गराउँछ । सपनाका बारेमा विज्ञानले समेत भविष्यकाे संकेतका रूपमा पुष्टि गरिसकेकाे छ ।
१.अर्काले दान दिएको छाता ओढी,जुत्ता लगाई प्रस्थान गरेमा लामो दूरीको यात्रा हुनेछ ।
२.सपनामा तरबार देखेमा शत्रु नास हुनेछन् ।
३.सपनामा सरदार भएर सेनापछि लगाई हिडेको देखेमा सेनामा जागिर पाउनेछ ।
४.फलफुल लागेको वृक्ष देखेमा धन प्राप्त हुनेछ ।
५.सर्पले टोके अकस्मान धन प्राप्त हुनेछ ।
६.सूर्य चन्द्र देखेमा ठुलो रोगबाट मुक्ति पाइनेछ ।
७.सपनामा जेल परेको देखे पद प्रतिष्ठा पाईने र उत्तम छोरो हुनेछ ।
८.जुका, सर्प, बिच्छि देखेमा धन, पुत्र, विजय, प्रतिष्ठा पाइनेछ ।
९.दाह्रा भएको सुँगुर, सीङ भएको जनवार, बाँदर आदिले कष्ट दिएको देखेमा धन तथा पद पाइनेछ ।
१०.माछा, मासु, मोती शंख, श्रीखण्ड, हीरा सपनामा देीखए धन तथा सम्पत्ति प्राप्त हुनेछ ।
११.रक्सी, रगत, सुवर्ण र बिष्ठा देखेमा धन प्राप्त हुनेछ ।
१२.देव प्रतिमा वा शिवलिङग् देखेमा धन तथा प्रतिस्पर्धामा विजय हुनेछ ।
१३.सपनामा वेलको वृक्ष फले फुलेको,आमको वृक्ष देखेमा अकस्मात धन प्राप्ती हुनेछ ।
१४.बलेको आगो देखेमा धन, बल, बुद्धि, ऐष्वर्य प्राप्त हुनेछ ।
१५.अमलाको दाना, लप्सी, रातो कमल–पुष्प देखेमा धन प्राप्त हुनेछ ।
१६.सपनामा सेतो वस्त्र तथा सेतो माला पहिरेकी महिलाले अंकमाल गरेको देखेमा लक्ष्मी प्राप्त भई सुख शान्ति मिल्दछ।
१७.पहेंलो माला,पहेंलो वस्त्र, गहना, चन्दन लगाएकी महिलाले अंकमाल गरेको देखेमा सबैतर्फ कल्याण हुनेछ ।
१८.खरानी, हाड बाहेक अरु सेतो वस्तु सपनामा देखेमा उत्तम फल प्राप्त हुनेछ ।
१९.सपनामा लुगा, गहना लगाएकी नारी हाँस्दै घरमा पसेको देखेमा चिताएको वस्तु प्राप्त हुनेछ ।
२०.सपनामा ब्राहणले आशिर्वाद दिएको देखेमा पद तथा सम्मान पाइनेछ ।
२१.सपनामा सुरभी (गाई) पाएको देखेमा भुमि र पतिव्रता नारी पाइनेछ ।
२२.हात्तीले सुँढले आफ्नो मस्तकमा राखेको देखेमा पद पाइनेछ ।
२३.सपनामा प्रशन्न भएका ब्राहणले अंकमाल गरे विपनामा तीर्थ स्नान र धन प्राप्ती हुनेछ ।
२४.पुन्यात्मा व्यक्तिलाई ब्राहणले फूल दिएको देखेमा प्रतिस्पर्धामा विजय, धन तथा तीर्थ स्नान हुनेछ ।
२५.उत्तम गहना, राम्रा वस्त्र पहिरेकी नारी हातमा पाथी लिएर आफ्नो घरमा प्रवेश गरेको देखेमा बिपनामा धन सम्पत्ति पाइनेछ ।
२६.सपनामा राम्री नारी आएर घरमा दिसा पिसाव गरेको देखेमा अकस्मात धन वृद्धि हुनेछ ।
२७.सपनामा गोरोचन, बेसार, उखु, घिउ पाएको देखेमा सुख तथा धन प्राप्ती हुनेछ ।
२८.सपनामा मान्यजनले छाता ओढाईदिए वा सेतो फूलको माला लगाईदिए पद पाइनेमा शंका छैन ।
२९.मान्यजनले सफा पात्रमा राखी दुध, दही दिए पद प्राप्ती हुनेछ ।
३०.मनुष्यको तथा पंक्षीको मासु जसले सपनामा देख्ला त्यस व्यक्तिले शुभ समाचार सुन्ला तथा ईच्छा गरेको उत्तम फल प्राप्त गर्नेछ ।
–ज्यो. दुर्गा भण्डारी