संविधान दिवसको कार्यक्रममा राष्ट्रपतिबाट प्रधानन्यायाधिश जबरालाई निम्तो

काठमाडौँ - आज सोमबारको दिन पर्न गएको संविधान दिवसको कार्यक्रममा सामेल हुन राष्ट्रपति विद्या देवि भण्डारीले प्रधानन्यायिधश चोलेन्द्र शमशेर जबरालाई आमन्त्रण गरेकी छिन्। 

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना हुने कार्यक्रममा उनलाई निमन्त्रणा पुगेपछि  यसले सरकारलाई प्रधानन्यायाधिश निवासमा लगाइएको नजरबन्द हटाउनपर्ने बाध्यता रहेको छ। 

प्रतिनिधिसभाको अन्त्य भएसँगै जबराको महाभियोग प्रस्ताव पनि स्वतः निष्क्रिय भई जबरा निलम्बन मुक्त भए पनि सरकारले भने आइतबार कार्यालय जान लागेको बेला रोकेर घरमै नजरबन्द गरेको थियो। राष्ट्रपतिले नै आमन्त्रण गरेकाले यसअघि खोसियतको सुरक्षाकर्मीहरु फिर्ता गरेर सुरक्षा व्यवस्थासहित संविधान दिवसको कार्यक्रममा जान दिनुपर्ने बाध्यता सरकारलाई भएको छ।

उता कायम मुकायम प्रधानन्यायाधिश दीपक कार्कीलाई निम्तो नगई प्रधानन्यायाधिश जबरालाई निम्तो आएपछि जबरा विरोधी केही न्यायाधीश र वकिलहरु निराश भएका छन्। राष्ट्रपतिबाटै जबरालाई प्रधानन्यायाधीशको मान्यता प्रदान भएपछि जबरालाई मंगलबार कार्यालय आउन सरकारलाई पनि रोक्न नैतिक संकट थपिने भएको कारण उनीहरु त्रसित भएको स्रोतको भनाई छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×