निजामती अस्पताल ‘सुपर स्पेसियालिटी सेन्टर’ तर्फ

काठमाडौँ -  निजामती कर्मचारीलाई लक्ष्य गरेर खोलिएको निजामती अस्पतालमा सर्वसाधारणको आकर्षण बढेपछि स्वास्थ्य क्षेत्रको अतिविशेषज्ञता अस्पताल (सुपर स्पेसियालिटी केन्द्र) का रूपमा विकास गर्ने तयारी गरिएको छ। 

सबै किसिमको विशेषज्ञ सेवासहितको अस्पताल बनाउन क्षमता पनि विस्तार गरी एक हजार शय्या पुर्याइनेछ। सर्वसुलभ दरमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको अस्पतालले निजामती कर्मचारीदेखि सर्वसाधारणलाई साधारण उपचारदेखि विशेषज्ञ सेवा सर्वसुलभ रूपमा उपलब्ध गराउँदै आइरहेको छ। अस्पतालमा हाल १३२ शय्या भएकामा निकट भविष्यमा चाहिँ थप २३१ शय्या थपिनेछ। काठमाडौँको केन्द्रमा रहेको र सबैको पहुँच रहेको अस्पतालले रु १०० को टिकटमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्योपचार गराइरहेको छ।

अस्पतालका मेडिकल डाइरेक्टर डा अनुजजङ्ग रायमाझीले अस्पतालमा विशिष्टीकृत सेवा सञ्चालन थप गर्ने तयारी गरिएको बताए। अस्पतालले अहिले पनि कार्डियोलोजी, न्युरोलोजी, कलेजो, रगत, पेट, पाठेघरसम्बन्धी विशिष्टीकृत सेवा उपलब्ध गराउँदै आइरहेको छ। अत्याधुनिक एमआरआई उपकरणसमेत जडानको प्रक्रियामा छ। एक जनालाई एमआरआई गर्न ४५ मिनेट लाग्ने गरेकामा नयाँ अत्याधुनिक उपकरणले १५ मिनेट मात्र लाग्छ।

यस्तै, दीर्घकालीन दुखाइको पनि सर्वसुलभरुपमा अस्पतालमा उपचार गरिन्छ। यस्तो उपचार सरकारी अस्पतालमध्ये निजामती अस्पतालमा मात्र हुने गरेको छ।  डा. रायमाझीका अनुसार  विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि न्युरो सर्जरी, बालबालिका शल्यक्रिया, बाल सघन उपचार कक्ष, मुखको शल्यक्रिया जस्ता सेवा थप्न थालिएको छ।  मुखको शल्यक्रियाका लागि चिकित्सक आइसकेको र उपचार कक्ष बनाउन थालिएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×