तेस्रो सातामा महाजात्रा कमाई २३ करोड

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको फिल्म महाजात्रा ‘बल्कबुस्टर’ साबित भएको छ । देशभरका हलमा प्रदर्शनरत फिल्मले तेस्रो सातामा २३ करोड एक लाख ग्रस कलेक्सन गरेको छ।

नेपालमा चौध करोड र विदेशमा नौ करोड एक लाखको ग्रस कलेक्सन गरेको तथ्यांक निर्माण पक्षले सार्वजनिक गरेको छ। नयाँ वर्षमा पनि फिल्मले हलमा राम्रो शोज पाएको छ । त्यसले फिल्मको व्यवसाय राम्रो हुने अनुमान गर्न सकिन्छ ।  षट्कोण आर्ट्सले निर्माण गरेको फिल्ममा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा वर्षा राउत, दिव्यदेव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ ।

फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×