२०० करोड क्लबमा चलचित्र 'ब्रह्मास्त्र'

काठमाडौँ - बलिउड चलचित्र 'ब्रह्मास्त्र' २ सय करोडको आँकडा पार गरेको छ। रणवीर कपुर आलिया भट्ट स्टारर चलचित्रले रिलिजको १०औं दिनमा २ सय करोडको आँकडा पार गरेको हो।

मिडिया रिपोर्टका अनुसार ब्रह्मास्त्रले भारतभर १६.३० करोड आम्दानी गरेको छ। यससँगै चलचित्रले पछिल्लो १० दिनमा २१५.५० करोड रुपैयाँ आम्दानी गरिसकेको छ। यस्तै विश्वव्यापी रुपमा रुपमा चलचित्रले ३२४.८० करोड रुपैयाँ आम्दानी गरिसकेको छ।

भारतीय सञ्चार माध्यमका अनुसार पहिलो साताको तुलनामा चलचत्रिले दोस्रो साता उत्साहपद रूपमा आम्दानी गरेको हो। बक्स अफिसमा उछाल ल्याइरहेको ब्रह्मास्त्रले यस वर्ष सर्वाधिक आम्दानी गर्ने चलचित्रको कीर्तिमान बनाएको छ।

यसअघि सन् २०२२ मा सर्वाधिक आम्दानी गर्ने चलचित्रको कीर्तिमान बनाएको ‘द कस्मिर फाइल्स’लाई ब्रह्मास्त्रले पछि पारेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×