विराटनगरमा आगलागी, एक जनाको मृत्यु

विराटनगर । विराटनगरमा आगलागीमा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ । विराटनगरस्थित सातघुम्ती चोकमा रहेको एक कवाडी गोदाममा बुधबार (आज) दिउँसो भएको आगलागीमा घाइते भएका ३० वर्षीय दीपक मण्डलको मृत्यु भएको हो ।

विराटनगर–७ का उनको न्यूरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन दाहालका अनुसार न्यूरोमा उपचार गराइरहेका थप तीन जना पनि गम्भीर घाइते द्धन् । कोशीअ अस्पतालमा उपचार गराइरहेका एक जनाको भने अवस्था सामान्य रहेको उनले बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×