विदेश विभाग प्रमुख लिउले गरे बिपी सङ्ग्रहालयको निरीक्षण

काठमाडौँ - नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओले गोकर्णेश्वर नगरपालिका–१ स्थित बिपी सङ्ग्रहालयको निरीक्षण गरेका छन् । विदेश विभाग प्रमुख लिउले बिपी कोइरालाले लामो समय जेल जीवन विताउनु भएको सङ्ग्रहालयको आज निरीक्षण गर्नुका साथै सङ्ग्रहालय परिसरमा वृक्षरोपण गरे । विदेश विभाग प्रमुख लिउले सङ्ग्रहालयको अभिरुचिपूर्वक अवलोकन गरेको अध्यक्ष परशुराम पोखरेलले जानकारी दिए ।

भूकम्पपछि सङ्ग्रहालयको पुनःनिर्माण, विगतदेखिको नेपाल चीन मित्रवत सम्बन्ध र बिपी कोइरालाको योगदानको उनले स्मरण गरेका थिए । विदेश विभाग प्रमुख लिउले सङ्ग्रहालयमा रहेको आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गरेका थिए ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×