बरुण हाइड्रोको शतप्रतिशत हकप्रद शेयर आजदेखि निष्कासनमा

काठमाडौं - बरुण हाइड्रो पावर कम्पनी लिमिटेडले आज शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजी रू. २६ करोड ७९ लाख ७ हजार ५ सयको आधारमा १ः१ को अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्काशन गरेको हो। लगानीकर्ताले यस हकप्रदमा भदौ २६ गतेसम्म आवेदन दिन सक्ने छन्।  

कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि साउन २ गते एक दिन बुक क्लोज गरेकाले साउन १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन्। हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले पुरा गर्नेछ।

गत जेठ ११ गते निवेदन दिएको कम्पनीलाई नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार १५ गते हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको थियो। कम्पनीको २०७३ असार २० गते सम्पन्न विशेष साधारणसभाले १ः१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×