‘सयौँ कारण…’ लिएर आए गायक रामकृष्ण ढकाल

काठमाडौँ - लोकप्रिय गायक रामकृष्ण ढकाल आफ्नो नयाँ स्वादको गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन्।

प्रल्हाद शाहको शब्दहरुको यो गीतलाई गायक ढकालले फिल्मको पाश्र्व गीत झैं गाएको सुनिन्छ। हरि लम्साल यो गीतका संगीतकार हुन्। रिकेश गुरुङको संगीत संयोजनले यो गीतलाई वजनदार बनाएको छ। प्रकाश मिश्रले यो गीत मिक्सिङ तथा रेकर्डिङ गरेका हुन्।

मुस्ताङका रमणीय दृष्यहरुमा छायांकन गरिएको भिडियोमा गायक ढकाल तथा अभिनेत्री नम्रता सापकोटाको जोडी निकै रोमान्टिक देखिएको छ। सुव्रत आचार्यद्वारा निर्देशित भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन्। विकाश दाहाल भिडियोका सम्पादक हुन्।

भिडियो गायक ढकालको आधिकारिक यूट्युब च्यानलबाट शुक्रवार साँझ सार्वजनिक गरिएको हो।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×