सुदूर पश्चिममा पूर्वमन्त्रीहरु सोत्तर

काठमाडौँ - सुदूरपश्चिममा आठ जना संघीय पूर्वमन्त्रीहरु पराजित भएका छन्। अन्यत्रको तुलनामा सुदूरपश्चिममा धेरै पूर्वमन्त्रीको हार भएको देखिन आएको छ। तीमध्ये धेरैजसो कैलालीका छन्। जहाँबाट ५ जना पूर्वमन्त्रीले पराजय व्यहोरेका छन्।

प्रदेशका १३ वटा संघीय निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेकामध्ये ८ जना पराजित भएका हुन् । एमालेका लेखराज भट्टसहित पूर्वमन्त्री रामजनम चौधरी,गौरीशंकर चौधरीले पराजय व्यहोरेका छन्।

त्यस्तै कञ्चनपुर १ बाट बीना मगर,दार्चुलाबाट गणेश ठगुन्ना र कैलालीका नारदमुनी राना पनि निर्वाचन हार्ने पूर्वमन्त्री बनेका छन्।

विगतमा सञ्चार राज्यमन्त्री भएका पुष्करनाथ ओझा र बैतडीमा स्वतन्त्र उम्मेदवार रहेका केशवबहादुर चन्द पनि पराजित भएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×