नयाँघरेको निबन्ध संग्रह ‘याकजी’ विमोचन

काठमाडौं - मदन पुरस्कार बिजेता निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेले निबन्ध संग्रह ‘याकजी’ पाठकमाझ ल्याएका छन्। यो कृतिको काठमाडौंमा एक समारोहमाझ प्राज्ञ तथा प्रसिद्ध नाटककार अशेष मल्लले विमोचन गरेका छन्।नियात्राकार नयाँघरेका यो १८औं कृति हो। रत्न पुस्तक भण्डारबाट प्रकाशित यो सँग्रहको नियात्रामा तल्लो र माथिल्लो डोल्पाको भूगोल, संस्कृति, जनजीवन र विकटताको वर्णन गरिएको छ।

विमोचनपछि नाटककार मल्लले डोल्पाली समाजको असाध्यै सूक्ष्म वर्णन गरिएको यो कृति कला र शिल्पको हिसाबले महत्वपूर्ण रहेको बताएका छन्। यस्तै समालोचक महेश पौडेलले याकजी उपल्लो डोल्पाको समग्र अध्ययन र साहित्यिक स्वाद दिनको लागि सक्षम भएको सो कार्यक्रममा बताए।

नियात्रा समाज नेपालका अध्यक्ष तथा नियात्राकार प्रतीक ढकालले नयाँघरेको मौलिक भाषिक प्रयोग र ठेट नेपालीपनलाई अन्य पुस्तकमा जस्तै यसमा पनि समेटेको बताएका छन्। डोल्पाली समाजलाई अत्यन्तै सूक्ष्म रुपमा पुस्तकमा समेटिएको उनको कथन थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×