थप १० जनामा कोरोना भाइरसको सङ्क्रमण

काठमाडौँ - देशभर थप १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। ९ सय ८७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा ७६ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ७३२ पुगेको छ। यस्तै थप ९ हजार ५११ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। नेपालमा कोरोना महामारीमा १२ हजार १८ जनाले ज्यान गुमाइसकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×